नेपालले आज बलियाे टाेली भारतसगँ भिडदै

70

काठमाडौ । साफ यू (१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट बंगलादेशमा सुरु हुँदैछ। ढाकामा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ। नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवाको योजनामा रहेको छ। भारत पनि जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ। सोमबार हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ।  यस्तै नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्दा अर्को आइतबार रुससँग खेल्नेछ। नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्ने भएकोे छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।

b 4
Leave A Reply

Your email address will not be published.