प्रतिनिधि सभाकाे तीन क्षेत्रमा यस्तो छ उपनिर्वाचनकाे चर्चा

61

काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र रास्वपाको सभापतिको संसाद पद खारेजीका कारण प्रतिनिधि सभाको तीन वटा निर्वाचन क्षेत्र जनप्रतिनिधिविहीन भएका छन् । चितवन २ मा रास्वपाका सभापति रवि लामिछानेको सांसद पद खारेजीमा परेको, बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा र तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि जनप्रतिनिधिविहीन बन्न पुगेको हो ।

तर चितवन २ का बारेमा चुनावी प्रक्रिया धेरै अगाडि बढेकोले त्यसमा तोकिएकै मितिमा चुनाव गराएर बाँकी दुई क्षेत्रमा भने अर्को मिति तोकेर निर्वाचन गराउने गरी आयोग अघि बढ्ने संभावना रहेको छ ।

चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने आफैँ उम्मेदवार हुँदैछन् । कांग्रेस, एमाले र माओवादीले आफ्नो उम्मेदवार तयार गरेका छैनन् । तनहुँमा कांग्रेसका नेताहरु गोविन्द भट्टराई लगायतको चर्चा छ भने एमालेबाट पनि किरण गुरुङ, एकबहादुर आले, सर्वेन्द्र खनालसम्मको चर्चा चलिरहेको छ ।

यस्तै बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको चर्चा छ । उनी त्यही क्षेत्रबाट निर्वाचन लडेर संसदमा प्रवेश गर्ने र सरकारमा उपप्रधानमन्त्री खाने दाउमा रहेका छन् । त्यहाँ कांग्रेस, एमाले र अन्य मधेशवादी दलहरुले उम्मेदवार तय गरेका छैनन् ।

b 4
Leave A Reply

Your email address will not be published.