काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालबाट काजु आयातमा साढे ४१ करोड रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ महिनासम्मको अवधिमा उक्त मूल्यको काजु आयात भएको हो । यस अवधिमा ६लाख ३३ हजार किलोग्राम काजु आयात भएको तथ्यांकले देखाएको छ । काजु आयातकर्ताले यसबापत राज्यलाई २० करोड रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।