काठमाण्डाैँ । सुदूरपश्चिम प्रदेश सरकारले क्रिकेटर भीम सार्की र दिपेन्द्रसिंह ऐरीलाई जनही २ लाख रूपैयां दिने घोषणा गरेको छ ।सुदूर सरकारले नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनौट गराउदै ऐतिहासिक सफलता दिलाउने राष्ट्रिय टोलीका खेलाडी भीम सार्की र दिपेन्द्रसिंह ऐरीलाई जनही २ लाख रूपैयां दिने घोषणा गरेको हो । यस्तै सन्दीप जोरालाई १ लाख, कमलसिंह ऐरी र अर्जुन साउदलाई जनही ५० हजार दिने घोषणा पनि भएको जनाइएको छ ।