अर्घाखाँचीको पाणिनी क्याम्पसमा तालाबन्दी, स्ववियु निर्वाचन पनि अनिश्चित

58

अर्घाखाँची  ।  विगत चार वर्ष देखी सन्धीखर्कको पाणिनी बहुमुखी क्याम्पसमा सञ्चालक समिति नेतृत्वविहीन हुँदा उत्पन्न विवादका कारण नेविसंघसहितका संयुक्त विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । पाणिनी बहुमुखी क्याम्पस चार वर्षदेखि सञ्चालक समितिविहीन हुँदा स्ववियु निर्वाचन पनि अनिश्चित बनेको छ । यसअघि जिल्लाका दलहरूले सहमतिका आधारमा स्ववियुमा पद भागबण्डा गरिए पनि सञ्चालक समिति नै नहुँदा क्याम्पसमा तालाबन्दी गरिएको नेविसंघका प्रतिनिधि विशाल आचार्यले बताए । सञ्चालक समितिको कार्यकाल सकिएको चार वर्षसम्म पनि दलका प्रतिनिधिहरूबीच कुरा नमिल्दा सञ्चालक समिति गठन हुन सकेको छैन ।  सञ्चालक समिति गठन नहुँदासम्म ताला नखोल्ने उनीहरूको अडान छ ।

b 4
Leave A Reply

Your email address will not be published.