नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बिहीबारदेखि लागू हुने गरी तेलको नयाँ बिक्रीदर पठाएको छ । नयाँ मूल्य सूचीमा प्रतिलिटर पेट्रोल ८६ पैसा र डिजेल एक रुपैयाँ ५० पैसा घटेर आएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेकाले आइओसीले पठाउने बिक्रीदर पनि घटाएर पठाउन थालेको हो । आइओसीले योसहित चारपटक पेट्रोलको र तीनपटक डिजेलको भाउ घटाएर पठाइसकेको छ । तर, निगमले भने डेढ वर्षअघिदेखिको बक्यौता रकम देखाएर नेपाली बजारमा मूल्य समायोजन गर्न मानेको छैन ।