उपराष्ट्रपति निर्वाचनमा रास्वपाले मतदान नगर्ने सम्भावना बढी

62

काठमाडौं । उपराष्ट्रपति चुनाव सुरू भइसक्दा पनि संसदको चौथो ठूलो दल नेपाल स्वतन्त्र पार्टी (रास्वपा) कसलाई भोट हाल्ने भन्नेमा अनिर्णित छ । यस विषयमा छलफल गर्न आज बस्ने भनिएको पार्टीको संसदीय दल वैठक स्थगित गरियो  निर्वाचन आयोगले मौन अवधिमा बैठक बसेर कुनै निर्णय नलिन दलहरूलाई सचेत गराएकाले रास्वपा बैठक स्थगित भएको हो । यद्यपि, नेताहरू पार्टी कार्यालयमा बसेर अनौपचारिक सरसल्लाह गर्दैछन् । स्रोतका अनुसार उपराष्ट्रपति चुनावमा रास्वपाले मतदान नगर्ने सम्भावना बलियो बनेको छ । पार्टीको वाचापत्रमा नै देशमा उपराष्ट्रपति पद नै नचाहिने भनिएकाले मतदानमा भाग लिँदा विरोधाभास देखिनेमा धेरै नेताहरू सहमत छन् । यद्यपि, ठोस समझदारी भइसकेको छैन ।

b 4
Leave A Reply

Your email address will not be published.