काठमाडौं– वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज राति १२ बजेबाट सकिने भएको छ। कार्यकाल सकिएसँगै उपराष्ट्रपति पुन बिहीबार लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरि नगरपालिका– १ दहचोकस्थित निजी निवासमा सरेका छन्। पुन दोस्रो कार्यकालका लागि २०७४ चैत ४ मा उपराष्ट्रपति निर्वाचित भएका थिए। त्यसअघि पुन २०७२ मा नयाँ संविधान बनेसँगै देशको दोस्रो उपराष्ट्रपतिमा चुनिएका थिए।