देशभर आंशिक बदली रहि मेघ गर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना

61

काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको र कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको र आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ। आज राती  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

b 4
Leave A Reply

Your email address will not be published.