काग्रेस विरूद् निर्वाचन आयोगमा एमालेकाे उजुरी

63

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । उपराष्ट्रपतिको निर्वाचनको सन्दर्भमा कांग्रेसले गरेको निर्णयलाई लिएर उजुरी दर्ता गरिएको एमाले सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए । ‘आचारसंहिता उल्लङ्घनको  निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी गरेका छौँ,’ सचेतक बर्तौलाले भनेका छन् । गएराति १२ बजेबाट मौनअवधि सुरू भएको भएपनि कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनलाई प्रभावित गर्नेगरी कुनै उम्मेदवरको पक्षमा निर्णय गरेर प्रचारप्रसार गरेको भन्दै उजुरी दर्ता गरिएको हो ।

b 4
Leave A Reply

Your email address will not be published.