२० वर्ष पुगी विवाह गर्ने महिलाले दश हजार पाउने

72

समाजमा बढिरहेको बालविवाहलाई रोक्न कालीकोटको शुभकालिका गाउँपालिका -७ ले उमेर पुगेर विवाह गर्ने युवायुवतीलाई जनही दश हजार पुरस्कार दिने निर्णय गरेको छ । आजबाट लागु हुनेगरी महिलाको हकमा २० वर्ष पूरा गरेर विवाह गरेको पाइएमा ती महिलालाई दश हजार पुरस्कार दिने घोषणा गरेको हो ।

अबदेखि उक्त वडाका कसैले विवाह गरेमा वडा सरकारको सिफारिस लिनुपर्ने पालिकाले जनाएको छ । वडा नं. ७ का वडा अध्यक्ष  प्रेमबहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा आज चैत १ गतेदेखि लागु हुनेगरी विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको जानकारी दिनुभयो । बालविवाह रोक्न यो नीति लिइएको पत्रमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.