सामुन्द्रिक आँधी (फ्रेडी) बाट दुई सय १६ जनाको मृत्यु

74

दक्षिण-पूर्वी अफ्रिकी राष्ट्रहरु दक्षिण मलावी र मोजाम्बिकमा गएको भीषण सामुुन्द्रीक आँधीबाट हालसम्म मृत्यु हुनेको संख्या दुई सय १६ पुगेको छ ।

सो आँधीबाट मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गत शनिबार रातिबाट सुरु भएको सो आँधी अब विस्तारै मथ्थर हुने क्रममा रहेको जानकारी पनि मलावीका अधिकारीहरुले अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुलाई बुधबार बिहान दिएका छन् ।

मलावीमा पाँच सय ८४ जना घाइते भएका तथा ३७ जना बेपत्ता भएका छन् भने मोजाम्बिकमा २४ जना घाइते भएका छन् ।
मोजाम्बिकमा २२ हजारभन्दा बढी विस्थातिप भएका रेडियो मोजाम्बिकले जनाएको छ ।

मालवीको प्राकृति संशाधन तथा जलवायु परिवर्तन मन्त्रालयले चक्रवात क्रमशः कमजोर हुँदै गएको जनाए पनि देशको दक्षिणी भागमा भारी वर्षा हुने संकेत दिएको छ । बाढीपहिरोको जोखिम बढेको जनाउँदै उक्त मन्त्रालयले सतर्कता अपनाउन देशवासीलाई आग्रह पनि गरेको छ ।

आँधीबाट मालवीको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । मङ्गलबार अपराह्नसम्म यहाँमात्र एक सय ५८ जनाको मृत्यु भइसकेको थियो । राजधानीका धेरै घर पहिरामा पुरिएका छन् । देशभर करिब ६० हजार प्रभावित भएका छन् भने १९ हजारभन्दा बढी विस्थापित भएका छन् । प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारका प्रभावित भएका छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

b 4
Leave A Reply

Your email address will not be published.