काठमाडौँ– आइसिसी विश्वकप लिग– टूअन्तर्गत सिरिजको अन्तिम खेल आज नेपालले घरेलु टोली युएईसँग खेल्दैछ ।
यस सिरिजको अन्तिम खेलमा नेपालले युएईको सामना गर्न लागेको हो । नेपाल र दुएईबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुनेछ । पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको थियो । यसर्थ, नेपाल आज त्यसैको बदला लिन मैदानमा उत्रँदै छ ।
नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको छ । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।
सबै खेल जिते नेपालको अझै पनि विश्वकपमा छनोट हुने सम्भावना छ । यद्यपि, यो अरुको नतिजामा पनि भर पर्छ । एकदिवसीय मान्यता जोगाइराख्न नेपालले कम्तीमा पाँचौँ स्थानमा लिग सक्नुपर्ने छ । यसर्थ, आज युएईविरुछको खेल नेपालका लागि महत्वपूर्ण हुनेछ ।
खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।