काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका छन्।
सोमबार बिहान खनाल निवास डल्लु पुगेर नेता पौडेलले भेट गरेको उनको सचिवालयले जनाएको छ। भेटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ।
राष्ट्रपतिका उम्मेदवार पौडेलले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता खनालसंग आफनो पक्षमा मत मागेका छन्।फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।