मौसम पूर्वानुमान : वर्षा र हिमपातको सम्भावना

60

काठमाडौं। अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। त्यसको असरले आज देशका केही स्थानमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावा हुरीको सम्भावना छ। देशका पहाडी भू-भागमा भने आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

b 4
Leave A Reply

Your email address will not be published.