सत्ता साझेदार दलको बैठकले २ बुँदे निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार ९ दलको बैठकले दुर्गा प्रसाईँको राजावादी आन्दोलन र संक्रमणकालीन न्यायबारे निर्णय गरेको हो ।
यस्तै शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावनाअनुरुप तार्किक निष्कर्षमा पुर्याउन ९ दल प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ । द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सर्वोच्च अदालतको फैसलाबमोजिम कानुन बन्नेगरी संसदको यसै अधिवेशनमा प्रस्तुत गरिने पनि सत्ता साझेदार दलको निर्णयमा उल्लेख छ ।