काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन् ।
फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनुपर्ने बताए ।
सबै समुदायका चाडपर्वले सम्पूर्ण नेपालीबीच एकापसमा सदभाव कायम गर्ने हुँदा त्यसको महत्व र विशेषतालाई प्रवद्र्धनका लागि उनले जोड दिएका छन् । अध्यक्ष नेपालले जनताको सात दशक लामो सङ्घर्षले प्राप्त भएका राजनीतिक प्रणालीविरुद्ध भइरहेका गतिविधिप्रति चनाखो हुनुपर्ने सुनाए ।