आफ्नो कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्छुः गैडहवा गाउँपालिका अध्यक्ष पाैडेल

73

 दीपक जैसवाल  । गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पाैडेलले आफ्नो कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्नकाे लागि लागि पर्ने बताएका छन् । दलित ,भुमिहिन सुकुम्बासी सम्बन्धमा राष्ट्रिय भुमी आयोग रुपन्देही र गैडहवा गाउँपालिका बिच छलफल कार्यक्रमा बोल्दै अध्यक्ष पाैडेलले सो कुरा बताएककका हुन् । त्यसलागि भूमि आयोग लगायत सबै पक्ष सहकार्य गर्ने अध्यक्ष पाैडेलले बताए ।

कार्यक्रममा राष्ट्रिय भुमिआयोग रुपन्देहीको अध्यक्ष हरि बहादुर आचार्यले आफुहरुको कार्यकालमा पुर्जा वितरण गर्ने उदेश्यका साथ अगाडि बढेको बताएका छन् । उनले त्यसकाे लागि गैडहवामा एक हप्ता भित्र नै कामको सुरुवात गर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थीले  सुकुम्बासी अव्यवस्थित जग्गाको बारेमा काम अगाडि बढाएर सुकुम्बासी भुमिहिनहरुलाई लाल पुर्जा वितरणमा सबै लाग्नु पर्ने बताए । कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्षहरूले सुकुम्बासी अव्यवस्थित जग्गाको समस्या समाधान छिटो भन्दा छिटाे गर्नु पर्ने कुरामा जाेड दिएका थिए ।

 

b 4
Leave A Reply

Your email address will not be published.