राष्ट्रपति पदमा उम्मेदवारी दिएका एमालेका नेता नेम्वाङ, नेकपा एसको केन्द्रीय कार्यालयमा

57

राष्ट्रपति पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता सुवास नेम्वाङ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका छन्। आज बिहान नेम्वाङसहित एमालेका नेताहरू अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूसँग भेटवार्ता गर्न कार्यालय गएका हुन्। राष्ट्रपतिमा भोट माग्न एमाले नेताहरू एकीकृत समाजवादीको कार्यालय गएका हुन्। नेम्वाङसहित नेताहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङलगायत एकीकृत समाजवादी कार्यालय गएका हुन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बिहीबार दिउँसो १ बजे बसुन्धारास्थित कार्यालय पुगेर नेम्वाङले भेटवार्ता गर्ने कार्यक्रम छ। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग बिहीबार दिउँसो २:३० बजे राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर नेम्वाङसहित नेताहरूले भेटवार्ता गर्ने र राष्ट्रपतिमा भोट माग्ने कार्यक्रम छ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति उम्मेदवार नेम्वाङलाई भोट माग्दै एकीकृत समाजवादी अध्यक्ष नेपाललगायत शीर्ष नेताहरूलाई पत्र पठाएका थिए। यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेबाट नेम्वाङ र कांग्रेसहित ८ दलबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। रास्वपा र राप्रपाले भने राष्ट्रपति निर्वाचनमा कसलाई सहयोग गर्ने निर्णय गरिसकेका छैनन्। यी दुवै दल कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक बसेका थिएनन्।

b 4
Leave A Reply

Your email address will not be published.