लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश पेश
लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश पेश भएको छ । सभाको छैठौं बैठकमा स्वास्थ्य मन्त्री विष्णु पन्थीले स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश सभामा पेश गरेका हुन् । बैठकमा मुख्यमन्त्री लिला गिरीकोतर्फबाट स्वास्थ्य मन्त्री पन्थीले नै मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
बैठकमा सभामुख तुलाराम घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजन सम्बन्धी पत्रहरु पढेर सुनाएका थिए । लुम्बिनी प्रदेश सरकार तीन पटक बिस्तार गरिएको थियो । पुस २८ गते तीन सदस्यीय, माघ २८ मा थप ७ जना मन्त्री र फागुन ७ गते थप एक जना नयाँ मन्त्री नियुक्त भएका थिए । दश मन्त्रालय र ११ मन्त्री रहेको प्रदेश सरकारमा नेकपा एमालेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेर्नेगरी जिम्मेवारी दिइएको छ । त्यसअघि उनी कृषि तथा भूमि व्यवस्था मन्त्री थिए । संसदको आगामी बैठक अर्को सुचना टाँस गरेर जानकारी दिइने प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए ।
समर्थन फिर्ता भएन
आजको बैठकमा नागरिक उन्मुक्ति पार्टी र लोकतानित्रक समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए पनि फिर्ता लिएका छैनन् । लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नजजेता सन्तोष पाण्डेयले ८ दलको बैठकले गर्ने निर्णयका आधारमा अघि बढ्ने समझदारी अनुसार समर्थन फिर्ता नलिएको बताए ।