काठमाण्डाै । सन्दीप लामिछाने आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला खेल्न यूएई प्रस्थान गरेका छन् । सन्दीप नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा दिउँसाे ३ बजेको उडानबाट यूएई गएका हुन् । सन्दीपले टिममा रहेका अर्का स्पिनर माैसम ढकालकाे ठाउँ लिने क्यानले जनाएकाे छ । हिजाे मङ्गलवार अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको क्यानले बताएको छ । सन्दीप भाेलि बिहीवार यूएईसँग हुने खेल खेल्न पाउने सम्भावना छ । आईसीसीले सन्दीपलाई टिममा समावेश गर्न अनुमति दिएपछि उनी यूएई गएका हुन् ।