जनयुद्ध र जनआन्दोलका सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय

68

सरकारले ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । सोमबारै एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि सरकारले यस्तो निर्णय गरेको हो । यसअघि एमाले–राप्रपासहितको सरकारले फागुन १ गतेका दिन ‘जनयुद्ध दिवस’ मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सो निर्णयको चौतर्फी आलोचना भएको थियो । एमाले अध्यक्ष केपी श​र्मा ओलीले पनि निर्णय भएको दुई सातापछि सो निर्णयको विरोध गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने यससम्बन्धमा मौन छ ।

b 4
Leave A Reply

Your email address will not be published.