सन्दिपलाई यूएई पठाउन क्यानले थाल्यो तयारी

65

काठमाण्डौं । सर्वोच्च अदालतले सन्दिप लामिछानेको मुद्दाको सुनुवाईपछि विदेश जानका लागि नरोक्ने सोमबारको फैसलासँगै खेलका लागि यूएई लैजान क्यानले प्रक्रिया थालेको छ । क्रिकेटर सन्दीपलाई यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा भाग लिन नेपाल क्रिकेट संघ (क्यान) ले तत्काल पहल सुरु गरिएको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए ।

आइसीसीसँग अनुमति लिएर अन्य प्रक्रियाहरु पूरा गरी सन्दीपलाई यूएई पठाइने जानकारी दिए । आज सर्वोच्च अदालतले सन्दीपमाथि विदेश भ्रमणको प्रतिवन्ध फुकुवा गरेपछि उनलाई यूएइ जान बाटो खुलेको हो । सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ । पाठकले नेपाली टिममा सन्दीपलार्ई थप्नका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)मा अनुमति माग्ने बताए ।

‘हामी आजै आइसीसीमा पत्र पठाउछौं । उताबाट अनुमति आएपछि टिम म्यानेजरसँग सल्लाह गरेर निर्णय लिइन्छ,’ उनले भने । नेपालको टिम शनिबार यूएई भ्रमणका लागि प्रस्थान गरेको थियो । नेपालले आज आफ्नो पहिलो म्याचमा पपुवा न्यूगिनीलाई पराजित गरेको छ।

b 4
Leave A Reply

Your email address will not be published.