काठमाडौँ । युएईमा जारी आइसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज हङकङसँग खेल्दैछ ।
नेपालले आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट शुरु हुनेछ । नेपाल लगातार तेस्रो जित निकाल्न चाहन्छ । शुक्रबार पहिलो खेलमा नेपालले सिंगापुरलाई र शनिबार भएकाे दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो ।
हङकङ भने दोस्रो जितको खोजिमा छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको हङकङ दोस्रो खेलमा युएइसँग पराजित भएको थियो ।