प्रधानमन्त्री प्रचण्ड आउँदो शुक्रबार कतार जादै

65

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जाने भएका छन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार प्रधानमन्त्री दाहाल २२ गतेसम्म सम्मेलनमा रहनेछन् । एलडीसीको यो पाँचौं सम्मेलन हो । उक्त सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि जानेछिन् । परराष्ट्रमन्त्री पौड्याल आइतबार मानव अधिकार परिषद्को ५० औं सत्रमा भाग लिन जेनेभा जाँदैछिन् । उनी जेनभाबाटै एलडीसीको सम्मेलनमा भाग लिन कतार जानेछिन् ।

b 4
Leave A Reply

Your email address will not be published.