दुई महिनामै तीतो अनुभव गरेँ, हिजो खुसी भएँ : प्रचण्ड

72

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकार गठन पुनगर्ठनको प्रक्रिया सुरु हुने बताएका छन् । राप्रपाका मन्त्रीहरुले राजीनामा दिइसकेको भन्दै उनले एमाले करिब करिब प्रतिपक्षमा गएको बताए । महेन्द्रनारायण निधि स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधान र संघीय लोकतन्त्र गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँग सहकार्यले संशय पैदा गर्ने भन्दै उनले आफूले सरकार गठनको दुई महिनामै तीतो अनुभव गरेको बताए । आफू प्रधानमन्त्री भएपछि केही शक्ति हौसिएको भन्दै उनले भने, ‘जुन गठबन्धनमा छु, यो संविधान र राष्ट्रको हितमा छैन ।’संविधानमाथि प्रहार हुन थाल्दा विगतमा पनि पनि कांग्रेस नेतृत्वमा सहकार्य भएको बताउँदै प्रचण्डले शुक्रबारदेखि नयाँ यात्रा सुरु भएको बताए । उनले अगाडि भने, ‘हिजो खुसी र गर्व महसुस गरेँ ।’

प्रधानमन्त्री त आफूले ८ दलको सहमति भन्दा धेरै उतै (एमालेसँग) पाइसकेको भएपनि त्यसलाई आफूले मुख्य नमानेको उनले बताए । स्थायित्व र विकास कुन राजनीतिक प्रक्रियाबाट हुनसक्छ भन्ने मुख्य भएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि आफूले पहल लिएको बताए ।शुक्रबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटमा आफूले राष्ट्रिय सहमतिको सूत्रधार बन्ने प्रस्ताव राखेको सुनाए । ‘नेपाली कांग्रेसलाई राष्ट्रपति सहमतिले दिउँ । सबभन्दा ठूलो पार्टीको राष्ट्रपति हुन्छ, तपाईंको सभामुख भएकै छ, राष्ट्रियसभाको अध्यक्ष पनि छन्’, प्रचण्डले भने, ‘हामी दुबै गएर कांग्रेसलाई राष्ट्रपति तपाईंहरु लिनुस् भन्यौं भने नयाँ राष्ट्रिय सहमति हुन्छ भनको थिएँ । तर उहाँ मान्नुभएन ।’यद्यपि ८ दलको बीचमा जे भयो, त्यो राष्ट्रिय सहमति भएको उनको दाबी छ । ‘किनभने हामी त मिल्न जरुरी थियो नै, सबैलाई यो राजनीतिक प्रक्रियामा इङ्गेज गर्न जरुरी छ’, उनले भने । ‘एमाले पनि अब कतै जान सक्ने छैन । हो उहाँहरु प्रतिपक्षमा जान सक्नुहुन्छ । करिब करिब जानुभयो । आज मात्रै राप्रपाका मन्त्रीहरुले राजीनामा दिनुभयो । अब कानुनी हिसाबले हामी प्रक्रियामा जानैपर्छ । सरकार नयाँ बन्छ, पुनर्गठन हुन्छ आदि इत्यादि । तर एमालेको सभामुख त हुनुहुन्छ, उहाँहरु फुत्किएर जान सक्ने स्थिति त हुँदैन’ उनले भने । प्रधानमन्त्री प्रचण्डले ८ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्को हितमा कसैसँग सम्झौता नगर्ने विश्वास समेत व्यक्त गरे ।

b 4
Leave A Reply

Your email address will not be published.