राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने राप्रपाको निर्णय

70

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा कुनै पनि पक्षको प्रस्तावक वा सर्मथक नबस्ने निर्णय गरेको छ।शुक्रबार बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए। राष्ट्रपति र उपराष्ट्रपतिमा मत दिनेबारे फागुन २५ गतेअघि पुन: बैठक बसेर निर्णय गरिने उनले बताए। राष्ट्रपति निर्वाचन सम्बन्धी अन्य विषयमा छलफल जारी रहेको श्रेष्ठले बताए। राष्ट्रपतिका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ। दलहरु उम्मेदवारको अन्तिम टुङ्गोका लागि छलफलमा छन्। सत्ता गठवन्धनभित्र एमाले र माओवादी छलफलमा छन् भने नेपाली कांग्रेससहितका दलहरु पनि शुक्रबार नै छलफल गरेर टुङ्ग्याउने तयारीमा छन्।

b 4
Leave A Reply

Your email address will not be published.