वाणगंगाका ७२ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

72

 कपिलवस्तु ।  ११ फागुन देखी २५ फागुनसम्म चल्ने  हात्तिपाईले रोग बिरुद्ध औषधी सेवन अभियान कपिलवस्तुमा पनि सुरु भएकाे छ । कपिलवस्तुकाे बाणगंगा नगरपालिकामा मेयर चक्रपाणी अर्यालको संयोजकत्वमा हात्तिपाईले रोग बिरुद्ध औषधी खुवाउन सुरु गरिएको छ ।  नगर प्रमुख अर्यालले बाणगंगा ४ गजेहडाको बुथबाट र उपप्रमुख रिता कुमारी थारुले वडा नम्बर ६ को बुथबाट औषधि खाएर अभियान सुरु भएको हो ।बाणगंगा नगरपालिकामा ७२ हजार जनसंख्यालाई औषधि खुवाउने लक्ष्य रहेकोमा पहिलो दिन ७ हजार ८९० जनाले औषधि खाएको जानकारी दिए । उनले बाणगंगामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानमा ६० जान स्वास्थ्यकर्मी र ११२ जना स्वास्थ्य स्वयंसेवीका खटिएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताएका छन । त्यस्तै अभियानकाे सुरू गर्दै नगर प्रमुख चक्रपाणी अर्यालले विगत १४ बर्षदेखि औषधि सेवन गर्दा पनि कपिलवस्तु हात्तीपाइले मुक्त नहुनु आफैमा लज्जास्पद विषय भएको बताए ।

११ फागुन देखी २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाईले रोग बिरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा औषधी सेवन अभियान सुरु हुन लागेको हो ।  जसअनुसार प्रदेश १ को झापा, मोरङ, मधेस प्रदेशका धनुषा तथा महोत्तरी, रौतहट, सर्लाही, बारामा सो औषधी सेवा अभियान सुरु हुनेछ । , बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको लम्जुङ, पर्वत, बाग्लुङ र लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, दाङ र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा सो अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, बिद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राखी यो औषधी खुवाइनेछ ।

b 4
Leave A Reply

Your email address will not be published.