गुल्मीका मनकारी सापकोटा परिवार : विद्यालयको महायज्ञमा ७२ लाखको सहयोग

61

गुल्मीको मुसिकोट नगरपालिका– ९ अर्लाङकोटमा सञ्चालित ज्ञानज्योति आधारभूत विद्यालयले धनधान्याञ्चल ज्ञान महायज्ञमा सापकोट परिवारले ठूलो आर्थिक सहयोग गरेका छन्।

दुई दिनमै तीन सापकोटा परिवारले मात्रै झन्डै ६० लाख महायज्ञमा आर्थिक सहयोग गरेको पाएको छ। मुसिकोट नगरपालिका– ९ अर्लाङकोटका बलिभद्र र खगीकला सापकोटाको परिवारले मात्रै विद्यालयलाई ३० लाख रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ।

उनका जेठा छोरा जापानमा कार्यरत लीलाकान्त सापकोटा, माइला र साहिँला छोरा लक्जमबर्गमा कार्यरत रामकान्त सापकोटा र ज्ञानेश्वर सापकोटा तथा कान्छा छोरा अमेरिकामा कार्यरत सोमनाथ सापकोटाले संयुक्त रूपमा ३० लाख २६ हजार रुपैयाँ महायज्ञमार्फत विद्यालयललाई सहयोग गरेको प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाले जानकारी दिए।

त्यस्तै, सोही स्थानका स्वर्गीय दुल्लप सापकोटाका छोरा र नातिहरूले संयुक्त रूपमा २० लाख २१ हजार एक सय ५१ रुपैयाँ महायज्ञमार्फत विद्यालयलाई प्रदान गरेका छन्।

मुसिकोट नगरपालिका– ९ स्थित विद्यालयका प्रमुख संस्थापक स्वर्गीय शेषकान्त सापकोटाको परिवारबाट करिब १४ लाख र यदुलाल सापकोटको परिवारबाट सात लाख २६ हजार आर्थिक सहयोग भएको धनधान्याञ्चल ज्ञान महायज्ञ मूल समारोह समिति सचिवालय सदस्य रामकृष्ण कँडेलले जानकारी दिए।

b 4

त्यस्तै, मुसिकोट नगरपालिका– ९ लामाखेत जन्मिएर भरतपुर महानगरपालिका– ५ चितवननिवासी मणिरत्न सापकोटाको परिवारले पनि महायज्ञमा सात लाख ५६ हजार एक सय ५६ रुपैयाँ आर्थिक सहयोग गरेको महायज्ञ कँडेलले बताए। सापकोटा अहिले अस्ट्रेलियामा कार्यरत छन्। दुई दिनमा डेढ करोड रकम र दुई सय मुरी धान संकलन भएको छ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित रजतजयन्ती तथा धनधान्याञ्चल ज्ञान महायज्ञको आयोजना गरिएको विद्यालय व्यावस्थापन समिति अध्यक्ष तथा धनधान्याञ्चल ज्ञान महायज्ञ मूल समारोह समिति संयोजक यदुलाल सापकोटाले बताए। महायज्ञमा गुरुदेव श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज र गुरुदेव श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजबाट कथा प्रवचन भइरहेको छ।

टाेपलाल अर्याल

नयाँ पत्रिका बाट प्रकाशित समाचार

b 4
Leave A Reply

Your email address will not be published.