काठमाण्डाैँ । राष्ट्र बैंकले लघुवित्तको लभांश वितरणमा कडाइ गरेसँगै बिहीवार एकैदिन ३७ वटा लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश दिन नपाउनेसहितको कडा व्यवस्था गरेपछि लघुवित्तका लगानीकर्ता रुष्ट बनेका छन् । बिहीवार शेयर बजारमा लघुवित्त समूहमा पहिरो गएको छ ।३७ वटा लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्दा अरू अधिकांश लघुवित्तकै शेयर ९ प्रतिशतभन्दा बढीले घटेको छ । बिहीवार लघुवित्त उपसमूहका सबै उपसूचक राताम्मे भएका छन् । बिहीवार शेयर करोबार बन्द हुन ५ मिनेट बाँकी रहँदाको समयसम्ममा ५९ अंकले बजार घटिसकेको छ ।