चुनावअघिको पुरानो गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको बैठक बस्ने भएको छ। बिहीबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकल बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।

‘अहिलेसम्म ६ बजेका लागि भनेर बैठक बस्ने तयारी गरिएको छ,’ स्रोतले भन्यो, ‘केही कार्यक्रम र भेटघाट सकेपछि ४ दलका शीर्ष नेताको बैठक बस्ने छ।’
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवार टुंगो लगाउन राजनीतिक दलका शीर्ष नेताहरू दौडधुप गरिरहेका छन्। राष्ट्रिय सहमति गर्ने बताएका प्रधानमन्त्री प्रचण्ड एमालेले आफ्नो उम्मेदवार हुनुपर्ने अडान राखेसँगै पुरानो गठबन्धनका नेताहरूसँग छलफलमा बसेका हुन्।

आजै मात्र सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्रीले डेढ घन्टा छलफल गरेका थिए।

छलफलपछि बाहिरिँदै उनले १३ गतेसम्म समय भएकोले अहिले फाइनल निर्णय नभइसकेको बताएका थिए।

अध्यक्ष नेपालले पनि विभिन्न अप्सनमाथि छलफल भइरहेको बताएका थिए।
wada 3 lu tato

By Aavash

Leave a Reply

Your email address will not be published. Required fields are marked *