काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत यसै साता सम्पन्न त्रिकोणात्मक शृंखला नेपालले क्लिन स्वीप गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसाे साढे १ बजेका लागि भेटवार्ताको समय तोकिएको छ । यसले नेपालको एकदिवशीय मान्यता कायम रहने सम्भावना प्रवल बनाएको थियो । नेपाली टिम अर्को शृंखलाका लागि शनिबार युएई जाँदैछ । जहाँ नेपालले १५–२२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ ।