पाणिनिमा काँग्रेसका जनप्रतिनिधिद्वारा उपाध्यक्षकाे हरेक कार्यक्रम वहिष्कार अभियान

60

अर्घाखाँची, ११ फागुन । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिकामा विवाद चुलिदै गएकाे छ । करिब ४५ दिन अगाडि पाणिनि गाउँपालिका उपाध्यक्षले एक वडा अध्यक्षलाई तल्लो स्तरसम्म पुगेर आलाेचना गरेपछि विवाद नमिलेसम्म उपाध्यक्षका हरेक कार्यक्रम वहिष्कार गर्ने अभियान सञ्चालन भएको छ । तर उपाध्यक्षले भने आफुले गरेका कुराहरू सहि भएको बताउँदै आएकी छिन् ।

पाणिनि-३ का वडा अध्यक्ष युवराज ज्ञवाली र गाउँपालिका उपाध्यक्ष नर्मदा पाैडेलले गाउँपालिकामा छलफल गरेकाे विषयकाे रेकर्ड बाहिरिएपछि विवाद सृजना भएको हाे । विवाद भएकै कारण पाणिनि गाउँपालिकाकाे गाउँसभा नहुने देखिएकाे छ ।

पाणिनि गाउँपालिकाकाे दुर्गाफाटमा महाशिवरात्रीका दिन पाणिनि पर्यटन समाजले गरेकाे कार्यक्रममा काँग्रेसबाट विजयी जनप्रतिनिधि उपस्थिति भएनन् । त्यतिमात्र हाेईन, पाणिनिमा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सहित वडामा उपाध्यक्ष पुग्दा पनि बहिष्कार गर्ने काँग्रेसका एक वडा अध्यक्षले बताए ।

तथानाम बाेल्न पाईदैँन, जनताले निर्वाचन जिताएर पठाएका हुन, ५ वर्ष जनताका जनप्रतिनिधि हाैँ, अनुशासनमा रहन सबै पर्छ, एक जनप्रतिनिधिले भने ।उपाध्यक्षले आत्मलाेतना नगर्दासम्म गाउँसभा सञ्चालन हुन सक्दैन, एक जनप्रतिनिधिले भने । उपाध्यक्ष आफुले गल्ति नगरेकाे भन्दै आएकी छन् ।

स्रोतः हिन्दुखबर

b 4
Leave A Reply

Your email address will not be published.