फागुण ११ काठमाण्डौँ । पुरानो पाँच दलीय गठबन्धन ब्युताउन दलहरुले कसरत जारी राखेका छन् ।बुधबार बेलुका बालुवाटार पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरुले प्रधानमन्त्री समक्ष यस्तो प्रस्ताव गरेका थिए ।
यसको जवाफमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले पार्टी भित्र छलफल गर्ने बताएका थिए ।
बुधबार प्रधानमन्त्रीलाई भेटेर राष्ट्रपतिमा सहयोग मागेको उनले बताए ।
काँग्रेसलाई राष्ट्रपति दिएर पाँच वर्ष सरकार चलाउन सहमति दिने काँग्रेस नेताहरुको आस्वासन छ ।अन्तिम समयमा उपयुक्त निर्णयमा पुग्ने प्रधानमन्त्रीले बताउदै आएका छन् ।राष्ट्रपतिको निर्वाचनका कारण प्रधानमन्त्री दबाबमा रहेका छन् ।