काठमाडौं । अहिलेसम्म एउटापनि अन्तर्राष्ट्रिय उडान नभएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ११ फागुनदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। पाइलटले आधुनिक प्रविधिको सहायताबाट गरिने उडान ‘आइएफआर’ सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको हो।
पश्चिमतर्फको ‘रनवे १२’बाट भने भिएफआर उडान मात्र हुनेछ । अहिले भिएफआर प्रणालीमा चार बजेपछि पोखराको उडान ठप्प हुन्छ । आइएफआर प्रणाली लागू भएपछि साँझमा पनि पोखरा उडान गर्ने आन्तरिक वायुसेवा कम्पनीको तयारी छ । बुद्ध एयरले आइएफआर लागू भएपछि पोखरामा साँझ आठ बजेसम्म उडान गर्ने योजना बनाएको छ ।आइएफआर प्रणाली लागू भएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सेवाका लागि चौबिसै घण्टा खुला हुनेछ । अब पोखरामा रात्रिकालीन आन्तरिक उडान–अवतरण गर्न मिल्ने विमानस्थलको भनाइ छ।आइएफआर सञ्चालनमा आउने भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले पनि पोखरा उडानका लागि चासो देखाउन थालेका हुन ।