सांसद चन्द्र भण्डारीको स्वास्थ्य सुधारउन्मुख

58

काठमाण्डाै ।  भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । अस्पतालमा रहेका योगराज कँडेलका अनुसार उपचारमा खटिएका डाक्टर अमुल मात्रेले पिसाबको मात्रा साधारण रहेको र अन्य पारामिटरसमेत ठिक रहेको जानकारी गराउनुभएको छ ।भण्डारीको हिजो दिउँसो छातीको फिजियो गराइएको छ । अनुहारको डढेको कालो छाला झरेर नयाँ पलाउन लागेको जस्तो देखिएको तथा कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएको अस्पताललाई उद्धृत गर्दै कँडेलले जानकारी दिनुभएको छ ।

कृत्रिम अक्सिजनलाई आज शून्यमा झार्ने र प्राकृतिकरूपमा श्वासप्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डाक्टर मात्रेले बताउनुभएको छ । नेता भण्डारीले अस्ति शनिवारदेखि नलीमार्फत् खाना खान पनि सुरु गर्नुभएको छ । कृत्रिम अक्सिजनलाई आज शून्यमा झार्ने र प्राकृतिकरूपमा श्वासप्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डाक्टर मात्रेले बताएका छन् । नेता भण्डारीलाई शनिबादेखि नलीमार्फत् खाना खुवाइएको छ ।मंगलबार राति बुद्धनगर स्थित नेता भण्डारीको निवासमा ग्यास चुहिएर आगलागी पछि गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि मुम्बई लगिएको थियो ।नेता भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी शरीरको करिब ३० प्रतिशत भाग जलेको थियो । आगलागीमा भण्डारी र उनको आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । भण्डारीकी आमाको उपचारका क्रममा निधन भएको थियो ।

 

b 4
Leave A Reply

Your email address will not be published.