दीपक जैसवाल। रुपन्देहीको कंचन गाउँपालिकामा पाँचौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि सुरुवात भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रुपन्देही क्षेत्र नं. पाँचका संघीय सांसद बासुदेव घिमिरे विशिष्ट अतिथि लुम्बिनी प्रदेश सांसद भुमिश्वर ढकाल विशिष्ट अतिथि निवर्तमान संस्थापक गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री लगायत जनप्रतिनिधि कर्मचारी बिद्यालयका शिक्षक बिद्यार्थीको सहभागीत्तामा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम फाल्गुन १० गते सम्म सन्चालन हुनेछ ।
कार्यक्रमको उद्धघाटन गर्दै प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरेले बिधार्थीहरुको शैक्षिक, शारिरिक, मानसिक तथा बौद्धिक बिकासका संगै गुणस्तरीय पढाईमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो । खेलकुद स्वास्थ्यको लागि आवश्यकता रहेको बताउदै बिद्यालय तह बाटै बिद्यार्थीहरुको अन्तरनिहित क्षमताको प्रस्फुटन गराई शैक्षिक तथा बौद्धिक बिकास गर्न सकिने प्रतिनीधि सभा सदस्य घिमिरेले बताउनु भयो । सम्बोधनको क्रममा फरक प्रसंगमा समसामयिक धारणा व्यक्त गर्दै रुपन्देहीलाई स्वच्छन्दता कायम गर्न जिल्लाका सबै स्थानीय तहहरुसंगको सहकार्य र समन्वयमा फोहोर व्यबस्थापन गर्नमा जोड दिइने बताउनु भएको छ । रुपन्देही क्षेत्र नं. ५ का समग्र बिकासलाई योजनाबद्ध रुपमा सञ्चालन गर्न मार्गचित्र निर्माणलाई प्राथमिकता दिइरहेको बताउदै प्रतिनीधि सभा सदस्य घिमिरेले आफुलाई बिशवास गरेर दिएको जनमतको अवमुल्यन हुन नदिने बताउनु भयो ।
कार्यक्रममा रुपन्देही क्षेत्र नं. ५ (क) लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले बिधार्थीहरुको सर्वाङ्गिण बिकासका लागि खेलकुद अनिवार्य रहने बताउनु भयो । कञ्चन गाउँपालिका आफैमा खेलकुद र कला संगितको हव भएको बताउदै प्रदेश सभा सदस्य ढकालले कञ्चनको समग्र बिकासका लागि प्रदेश संघसंगको र पालिका संग समन्वय अझ प्रभावकारी बनाउनाएर काम गर्नुपर्ने भनाइ राख्नु भयो ।
कार्यक्रममा कञ्चन गाउँपालिका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिधार्थीहरुको अन्तरनिहित क्षमतालाई उजागार गराउने उद्धेश्यका साथ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई प्रतिभा सप्ताहको रुपमा सञ्चालन गर्ने परिकल्पना गरिएको बताउनु भयो ।कृष्ण प्रसाद अधिकारी, तत्कालिन रुद्रपुर गा.वि.सका भुतपुर्व अध्यक्ष लक्ष्मीकान्त पौडेल, नेकपा एमालेका दिनानाथ आचार्य, नेकपा माओवादी केन्द्रका पुष्पराज शर्मा हरैया बहुमखी क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष चुडामणी शर्मा, रुद्रपुर प्रधानाध्यापक पिताम्बर भट्टराई, गजेडी माद्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष युवराज लगायतले बिधार्थीहरुको सर्वाङ्गिण बिकासका लागि खेलकुद अपरिहार्य रहेको बताउदै साहित्य बिधामा पनि प्रतिस्पर्धा गराइएको भए बिधार्थीहरुको प्रतिभा खोजीमा अझ प्रभावकारी हुने बताउनु भयो । यस्तै कार्यक्रममा विभिन्न बिद्यालयका पुर्व प्राचार्यहरुलाई दोसला सम्मान पत्र मायाको चिनो दिएर सम्मान गरिएको थियोे । पहिलो दिन दाैड प्रतियोगिता र भलिबलको सुरुवात गरिएको छ।कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले शुभकामना मन्तव्य ब्यक्त गर्दै कञ्चनलाई सवल र समृद्ध बनाउन तिनै तहका जनप्रतिनीहिरुको सहकार्य र समन्वयमा योजनाबद्ध कार्यक्रमहरु सञ्चालन गरिदै जाने बताउनु भयो । चुनाबको समयमा कुनै पार्टीको उमेद्वार भएको भएपनि आफु निर्वाचित भएपछि ३५ हजार भन्दा बढी कञ्चनवासीको साझा जनप्रतिनी भएको अध्यक्ष ढकालले बताउनु भयो ।
कञ्चन गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रमेश भुसालको सञ्चानलमा भएको कार्यक्रममा कार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका संयोजक चित्र तुलाचनले स्वागत गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि कर्मचारी बिद्यालयका शिक्षक बिद्यार्थी राजनीतिकदल बुद्धिजीवी सञ्चारक्रमी लगाएतको उपस्तिथि रहेको थियोे । रुद्रपुर माध्यमिक बिद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा १९ सामुदायिक र ११ संस्थागत बिद्यालयका करिब १ हजार भन्दा बढी बिधार्थीहरुले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन ।