कृषि मन्त्रालय लिएर लुम्बिनी प्रदेश सरकारमा जादै जसपा

72

दाङ ।  लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी सहभागी हुने भएको छ। जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति अनुसार मन्त्रीकाे हेरफेर हुन लागेकाे हाे ।लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन्। मुख्यमन्त्री चयनको बेला विश्वासको मत दिएको जसपा माघ २८ मा विस्तार गरिएको मन्त्रिमण्डलमा अटाएको थिएन।

कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाइ दिने सहमति भएको सो पार्टीले जनाएको छ। एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्रीमा तुलसीराम शर्मा छन्।प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन्। जसमध्ये नेकपा एमालेबाट मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्रबाट ३, जनमत र राप्रपाबाट १/१ मन्त्री छन्।

Leave A Reply

Your email address will not be published.