काठमाडौं । विराटनगर विमानस्थलमा पत्रकार सगँ कुरा गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समीकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको बताएका छन् ।उनले भने, ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ । अहिलेको समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखेर आएको छ उति बेलै ।’
माओवादी केन्द्रका नेता जनार्दन शर्माले एमालेलाई राष्ट्रपति दिने सहमति भएको छैन भन्नुभएको छ नि भन्ने प्रश्नमा अध्यक्ष ओलीले माओवादीका नेतासँग सहमति भएको र कार्यकर्तासँग सहमति गरिनराख्नु पर्ने प्रतिक्रिया दिए।