विराटनगर विमानस्थलमासञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्रसँग पुरानै धङधङी बाँकी रहेको बताएका छन् । उनले २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न पनि गरे। १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको उनले बताए ।उनले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँमा अझै पुरानो झल्को आइरहन्छ । दुईचार जना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस्याउँछ।’
पूर्वराजा ज्ञानेन्द्रले हिजो प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राजतन्त्रसँग दलहरू मिलेर बढ्नुपर्ने प्रस्ताव गरेका थिए। राष्ट्रपति निर्वाचनको प्रसंग झिक्दै उनले यसअघि भएकै सहमतिअनुसार हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय हुने दाबी गरे।