कमल_मरासिनीकमल_मरासिनी

भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघका कार्य समिति सदस्य कमल मरासिनीले कोषाध्यक्ष पदमा उम्मेद्धारी दिने भएका छन् ।
बिगत १६ बर्ष देखी उद्योगी, व्यापारीहरुको हक हित तथा पेसा गत संरक्षणमा कृयासिल मरासिनीले संघलाई थप मजवुत बनाउन आफुले कोषाध्यक्षमा उम्मेद्वारी दिने बताएका हुन् । आफुले तिन कार्यकाल कार्यसमितिमा बसेर काम गरेको अनुभवको आधारमा कोषाध्यक्ष उम्मेद्धारी दिने तयारी गरेको बताए ।

सिद्धार्थ उद्योग बाणिज्य संघ
सिद्धार्थ उद्योग बाणिज्य संघको भवन, भैरहवा 

उनले भने, ‘म संघमा आवद्ध भए संगै दिन रात नभनी उद्योगी व्यापारीहरुको हक हितको लागि लागिरहेको छु, तिन कार्यकाल कार्य समितिमा बसेर काम गरेको अनुभव छ, विगत दु्इ दशका देखी व्यवसाय गरेको अनुभव छ । त्यसैले व्यवसायीहरुका समस्यालाई नजिकबाट बुझेको छु । ति सबै समस्याहरुलाई समाधान गर्न मेरो उम्मेद्वारी हो ।’
मरासिनी खाध्य व्यवसाय संगै पछिल्लो समय सूचना प्रविधिको व्यसायमा समेत जोडिएका छन् । उद्योगी व्यापारीहरु हक हित, पेशागत संरक्षण र संघको मजवुत कोषका आफुलाई निर्बाचित गराउन मरासिनीले उद्योगी, व्यापारीहरुमा अपिल गरेका छन् ।

 

wada 3 lu tato

By Aavash

Leave a Reply

Your email address will not be published. Required fields are marked *