ताैलिहवा । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युष्ट पार्टीले चर्को व्याज लिने बैंक, लघुवित्त एंव मिटर व्याजिलाइ कारवाही गर्ने चेतावनी दिएको छ । शुक्रबार तौलिहवामा चर्को ब्याजरको बिरुद्धमा बिरुद्ध प्रद्धर्शन गर्दै नेकपाका पुर्वी कपिलवस्तु ईन्चार्ज शंख प्रसाद थारुले सरकारले चर्को मिटर ब्याज लिनेलाई राज्यले निमयन नगरे आफ्नो पार्टीले कारवाही गर्ने चेतावनी दिएका हुन ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु अगाडी बिरुद्ध प्रद्धशर्न तथा कोण सभालाई सम्बोधन गर्दै ईन्चार्ज थारुले घन्टा र दिनको हिसावमा मिटर ब्याजमा रकम लगानी गरेर मिटर ब्याजीहरुले नागरिकहरुको करोडौको रकम हत्याएर सडकमा ल्याउने गरेको बताएका छन् । ईन्जार्च थारुले भने, ‘अहिले बित्तिय माफियाहरुको राज चलेको छ, यिनीहरुलाई राज्यले कारवाही नगरे नेकपाले कारवाही गर्छ’ ।
लघुबित्तहरुको चर्को सेवा शुल्क चर्को ब्याजमा गाउँ गाउँमा सोझा महिलाहरुलाई कर्जा उपलब्ध गराउने अनि समयमा किस्ता बुझाउन नसकेमा धम्की दिने गरेको ईन्चार्ज थारुले बताए । उनले भने, ‘तार्केट पुरा गर्न आधार नहेरी लगानी गर्ने, अनि उठिबास लगाउने यो कहाँको न्याय हो’ । बैंकहरुले पनि ब्याजदर बढाएर व्यापारीहरुलाई उठीबास लगाउने तथा आत्म हत्या गर्न बाध्य पारेको बताएका छन् ।
कोणसभामा बोल्दै ईन्चार्ज थारुले बैकं तथा बित्तिय संस्थाहरुले व्याजदर तत्काल एक अंकमा झार्नु पर्ने यति नझारेमा आफुहरु कारवाही गर्न बाध्य हुने भन्दै चेतावनी दिएका छन् ।
यस्तै कार्यक्रम बोल्दै नेकपा कपिलवस्तु् पुर्वका सेक्रेटरी मंगल थारुले मिटर ब्याजीले गर्दा धेरै मानिसहरु घरबार बिहिन अवस्थामा पुगेको बताएका छन् । उनले लघुबित्तहरुले सेवा शुल्कको नाममा उठाएको रकम फिर्ता गर्न र सेवा शुल्क ०.५ प्रतिशत झार्न आग्रह गरेको छन् भने ब्याजर एक अंक झार्नु पर्ने सो नभएमा आफ्नो पार्टीले कारवाही गर्ने चेतावनी दिएका छन् । उनले यति बैकं बित्तिय संस्थाहरु नसच्चिए अव नो डिपोजिट अभियान चलाईने धम्की समेत दिएका छन् । धेरै मिटर ब्याजिहरुको गुनासाहरु आफुहरु समक्ष आएको बताउदै सरकारलाई बित्तिय आतक तत्काल रोक्न आग्रह गरे ।
नेकपा कम्युष्टपार्टी पूर्वी कपिलवस्तुले शुक्रबार जिल्ला सरमुकाम तौलिहवामा चर्को बैकं ब्याजदर, लघुवित्त र मिटर व्याजका बिरुद्ध विरोध प्रदर्शन गरेको थियो ।