क्यानडा पठाइदिन्छु भन्दै १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। सर्लाही लालबन्दी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने २९ वर्षीय लक्ष्मण थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।थापाले पीडितलाई वैदेशिक रोजगारीको लागि क्यानडा जान २३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि मासिक ३ लाख रुपैयाँ कमाइ हुने काममा लगाइने भनी प्रलोभनमा पारेर ठगी गरेका प्रहरीले बताएको छ।
पीडितबाट उक्त रूपैयाँ ठगी गरेकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागमा पटकपटक पत्राचार गरेका थिए।त्यसकै आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट थापालाई पक्राउ गरेको हो ।