आइसिसी विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा मिकेल लेस्कले शतककाे मद्दतमा नेपाललाइ मा स्कटल्यान्डले २७५ रनको चुनाैती प्रस्तुत गरेकाे छ । टस जितेर क्याटिङकाे निम्ताे पाएकाे स्कटल्यान्डले खराब सुरूवातका बाबजुद ९ विकेटकाे क्षतीमा २७४ रनकाे याेगफल बनाएकाे छ ।स्कटल्यान्डका ओपनरद्वय क्रिस्टोफर म्याकब्राइडले २२ रन र रिची बेरिङटनले १९ रन जोडे। दुवैलाई कुशल मल्लले क्याच आउट गरेका थिए।
टोमस म्याकिङटोस १९ रन, म्याथ्यु क्रस २ रन र ब्रेन्डन म्याकुलम २२ रनमा आउट भए। बलिङमा नेपालका सन्दीप लामिछानले तीन विकेट कुशल मल्लले दुई विकेट सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट हात पारे।