ढाेरपाटनमा शिकारकाे लागी आवेदन खुल्ला

65

काठमाडौं ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी सिजन (२०७९ फागुन २०८० वैशाख) का लागि ढोरपाटनमा सिकार गर्न चाहने इच्छुकबाट प्रस्ताव माग गरेको छ । विभागले स्पर्धाबाट सिकार गराउन रकम बोलकबोलसहितको प्रस्ताव माग गरेको हो।

विभागले ढोरपाटन सिकार आरक्षमा तोकिएका ब्लक र निर्धारित कोटाका आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बनेलको सिकार गराउँदै आएको छ। यसका लागि व्यक्ति तथा संघ–संस्थाले निवेदन दिन सक्छन्।

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा कात्तिक–मंसिर र फागुन–वैशाख गरी दुई सिजन गरी सिकारको अनुमति दिइने गरेको छ। पर्यटकले आफूले सिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता अंग ाफ्नो मुलुक लैजान पाउँछन्।

नेपाल खबर बाट प्रकाशित

Leave A Reply

Your email address will not be published.