काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा उद्धव पौडेल मनोनीत भएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम बिहीबार केन्द्रीय कार्यसम्पादन समितिका सदस्य पौडेललाई उपाध्यक्ष पदमा मनोनयन गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । पौडेलसहित राप्रपामा उपाध्यक्षको संख्या ८ पुगेको छ ।राप्रपामा बुद्धिमान तामाङ वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष रवीन्द्र मिश्र, रोशन कार्की, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, मुकुन्द श्याम गिरी र हेमजङ गुरुङ छन् ।