विहे गर्न वडाको सिफारिस अनिवार्य

66

बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि सल्यानकाे कपुरकोट गाउँपालिका ले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको  छ ।

पालिकाले गर्भवती महिलाको अवस्था बारे बुझ्दा १२० जना गर्भवती पहिलो गर्भ परीक्षण गराउन आएकोमा ३५ जना २० वर्षमुनिका रहेको पाइएपछि यो नियम लागू गर्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिएका छन् ।

 

Leave A Reply

Your email address will not be published.