काठमाडाैँ । दक्षिण अफ्रिकापछि तीनै फर्म्याटमा पहिलाे बन्दै भारतले कीर्तिमान बनाएको हो। बुधबार जारी भएको वरियतामा भारत टेस्ट, एकदिवसीय र टी–२० मा नम्बर एक बनेको हो। भारतले टेस्टमा अस्ट्रेलियालाई पछि पार्याे । एकदिवसीय र टी–२० मा भने यसअघि नै एक नम्बरमा थियो । एकदिवसीय वरियतामा पनि भारतले अस्ट्रेलियालाई २ अङ्कले पछि पार्दै शीर्ष स्थानमा रहन सफल भयो। भारतको ११४ अङ्क हुँदा अस्ट्रेलियाको ११२ अङ्क छ।