नेपालगन्ज । बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोडबाट पाँच लाख ६९ हजार नक्कली एक हजार दरका नोटसहित तीन युवालाई पक्राउ परेका छन । बाँके प्रहरीले गोप्य सूचनाका आधारमा आशंका लागि चेकजाँच गर्ने क्रममा मंगलबार बेलुका साढे पाँच बजे बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ का ३३ वर्षीय मोहन कुमाई, अछामको तुर्माखाँद गाउँपालिका वडा नं. ३ का ३६ वर्षीय दीपक बिसी र सल्यानको बनगाँड कुपेन्डे नगरपालिका वडा नं. ३० का मोहन राना लाइ पक्राउ गरेकाे हाे । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।