संसदमा सांसदको उपस्थिति पातलिदैँ, मन्त्री आउनै छाडे

61

 काठमाण्डाैँ ।   मंसिर ४ गते सम्पन्न चुनावपछि बनेको नयाँ संसद्को अधिवेशन शुरू भएको डेढ महिनामै सांसदको उपस्थिति पातलिन शुरू भएको छ ।बुधवारको बैठकमा सांसदको पातलो उपस्थिति र मन्त्रीहरूको अनुपस्थितिबारे सांसदहरूले टिप्पणी गरेका हुन् ।विशेष समय चलिरहेको समयमा सरकारका मन्त्री नदेखेपछि रास्वपाका विराजभक्त श्रेष्ठले संसदमा नियमापत्ति गरे – मन्त्री विना संसद चलाउन मिल्छ ? राज्यमन्त्रीलाई देखाएर सभामुख देवराज घिमिरेले श्रेष्ठलाई बस्न लगाए । संसदको बैठक चलिरहेको समयमा ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह उपस्थित थिए ।

विशेष समयमा रास्वपाका हरि ढकालले संसद्मा सांसदहरूको अनुपस्थितिबारे कटाक्ष गरे । ‘प्रतिनिधि सभाको अधिवेशन शुरू भएको २ महिना नपुग्दै संसद्को उपस्थिति देख्दा कार्यकाल सकिने बेला अर्थात् साढे ४ वर्षपछि यो सदनमा हामी युवाबाहेक कोही हुँदैनौ होला,’ ढकालले भने ।  बुधवारको बैठकमा राप्रपाका २ मन्त्री मात्र संसद्मा उपस्थित थिए । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धु्रवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह उपस्थित थिए ।

b 4
Leave A Reply

Your email address will not be published.